१० वर्ष कान्छो प्रेमीसँग विवाह गर्दै अभिनेत्री मृणाल - Crazysaptahik.com

१० वर्ष कान्छो प्रेमीसँग विवाह गर्दै अभिनेत्री मृणाल

‘नागिन ३’ र ‘इस्कबाज’ जस्ता चर्चित सिरियलको अलवा केही फिल्म समेत अभिनय गरेकी अभिनेत्री मृणाल देशराज विवाह बन्धनमा बाँधिँदै छिन् । ४३ वर्षीय देशराजले आफू भन्दा १० वर्ष कान्छो प्रेमी आशिम मथनसँग विवाह गर्न लागेकी हुन् । केही अगाडि उनले इन्गेजमेन्टको जानकारी तस्बिर सार्वजनिक गर्दै गराएकी थिइन् ।

जुन तस्बिर सामाजिक संजालमा भाइरल भएको थियो । अहिले उनको विवाह कार्यक्रम समेत सुरु भएको छ । उनले आफ्नो मेहन्दी सेरोमोनीको तस्बिर सार्वजनिक गर्दै विवाह कार्यक्रम सुरु भएको जानकारी दिएकी हुन् । तस्बिरमा साथ उनले लेखेकी छन् ‘प्रेम मेहन्दी हो । मेहेन्दीबाट विवाह कार्यक्रम सुरु भएको छ ।’

मेहन्दी कार्यक्रममा उनले पिङ्क आउटफिट लगाएकी छन् । जसमा उनलाई निकै खुसी देख्न सकिन्छ । आशिम देशराजको ५ प्रेमी हुन् । उनले ४ पटक प्रेममा धोका खाइसकेको समाचारमा जनाइएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.