नीर शाहलाई लिएर सिरिज ‘सन्ध्या’ निर्माण हुने - Crazysaptahik.com

नीर शाहलाई लिएर सिरिज ‘सन्ध्या’ निर्माण हुने

नीर शाहलाई मुख्य भूमिकामा लिएर वेब सिरिज ‘सन्ध्या’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा कास्ट एण्ड क्रिउको उपस्थितिमा मुहूर्त गरियो । सोमबारदेखि मकवानपुरको चित्लाङदेखि सिरिजको छायांकन सुरु हुने भएको छ । मुहूर्त कार्यक्रममा अभिनेता शाह, हिउँवाला गौतम, शोभित बस्नेत लगायत उपस्थित थिए ।

शाहले यो सिरिजमा गाउँले मुखियाको भूमिका निर्वाह गर्ने भएका छन् । रामजी राउतको निर्देशन रहने सिरिजमा दयाराम दाहाल, गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भीमा मैनाली लगायतको अभिनय छ ।

सुदीप कँडेल र कृष्ण कार्कीले संयुक्त रुपमा सिरिज निर्माण गर्नेछन् । जया ओझाको लेखन र राहुल राईले छायांकन गर्ने सिरिजमा लोकेश थापाको मेकअप, प्रकाश थापाको प्रोडक्सन डिजाइन र नवीन निरौलाको सम्पादन हुनेछ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.