तापसीको स्पोर्ट्स ड्रामा ‘शाबाश मिठू’को ट्रेलर रिलिज - Crazysaptahik.com

तापसीको स्पोर्ट्स ड्रामा ‘शाबाश मिठू’को ट्रेलर रिलिज

बलिउड अभिनेत्री तापसी पन्नु स्टारर प्रतीक्षित स्पोर्ट्स ड्रामा फिल्म ‘शाबाश मिठू’को ट्रेलर रिलिज भएको छ । फिल्ममा तापसी पूर्व महिला क्रिकेटर मिताली राजको भूमिकामा छिन्, जसमा मितालीको संघर्षदेखि सफलतासम्मको कथा समेटिएको छ ।

२ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरमा भारतीय महिला क्रिकेट टिमको नेतृत्व गरिसकेकी मितालीको बालपनदेखि क्रिकेट मैदानसम्मको कथा अटाइएको छ । फिल्ममा तापसी जबरजस्त देखिएकी छन् ।

श्रीजीत मुखर्जी निर्देशित ‘शबाश मिठू’ १५ जुलाईमा रिलिज हुँदैछ । फिल्ममा मुम्ताज सरकार र विजय राजको पनि मुख्य भूमिका रहेको छ ।

सम्बन्धित खवर