मंसिरमा बिहे गर्दै संयम र आश्मा - Crazysaptahik.com

मंसिरमा बिहे गर्दै संयम र आश्मा

झण्डै १० वर्ष भयो संयम पुरी र आश्मा डीसी प्रेम सम्बन्धमा रहेको । रिल मात्र होइन, रियल लाइफमा पनि उनीहरुको जोडी जमिरहेको छ । अब भने यी दुईले प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने भएका छन् । आगामी मंसिरमा यी दुईले विवाह गर्न लागेका हुन् । अहिले दुवैजना अमेरिकामा छन् ।

संयमका बुवा तथा फिल्म निर्देशक नारायण पुरीले मंसिरमा बिहे हुने कुराको पुष्टि गरे ।  सन् २०१२ मा रिलिज भएको ‘सायद’बाट अभिनयमा डेब्यु गरेका संयमले ग्याङस्टर ब्लुज, आभाष, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराममा अभिनय गरेका छन् ।

‘आभाष’मा त प्रेमिका आश्मासँग अनस्क्रिन रोमान्स नै गरेका छन् । आश्माले पनि ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’मा अभिनय गरेकी छिन् । आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । दुवै जनाको पारिवारिक पृष्ठभूमि फिल्म नै हो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.