
आजदेखि नेपाली हलहरुमा तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘घनचक्कर’, बलिउडको ‘जुगजुग जियो’ र हलिउडको ‘एल्भिस’ प्रदर्शनमा आएका हुन् । सस्पेन्स र कमेडी फिल्म ‘घनचक्कर’मा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका छ । रोजगारी खोज्दै गाउँबाट सहर पसेका दुईजना बेरोजगार युवाको कथावस्तुमा फिल्म आधारित छ ।
फिल्मलाई जितेन्द्र राजोपाध्याले निर्देशन गरेका हुन् । बाज लरम्यान निर्देशित हलिउड फिल्म ‘एल्भिस’ले अंग्रेजी रकगायक एल्भिस प्रिस्लेको जीवन यात्रा र संघर्षलाई चित्रण गर्छ । बाल्यकालदेखि रकस्टार हुँदै फिल्म अभिनेता बन्न उनले गरेको संघर्ष र व्यवस्थापक टम पार्करसँगको जटिल सम्बन्धलाई फिल्मले चित्रण गर्छ ।
फिल्ममा अस्टिन बट्लरले एल्भिस प्रिस्लेको भूमिका निर्वाह गरेका छन् । करण जोहरको कम्पनी धर्मा प्रोडक्सनले निर्माण गरेको फिल्म जुगजुग जिओमा वरुण धवन, अनिल कपुर, कियारा आडवाणी, नीतु कपुरको मुख्य भूमिका छ ।फ्यामिली कमेडी ड्रामा जानरामा निर्माण भएको यो फिल्मलाई राज मेहताले निर्देशन गरेका हुन् ।

