सलोनको मुभि डेट, प्रेमिका करिश्मासँगै ‘घनचक्कर’को प्रिमियरमा ! - Crazysaptahik.com

सलोनको मुभि डेट, प्रेमिका करिश्मासँगै ‘घनचक्कर’को प्रिमियरमा !

रिलिजको पूर्वसन्ध्यामा काठमाडौंको बिग मुभिज मल्टिप्लेक्समा फिल्म ‘घनचक्कर’ प्रिमियर आयोजना गरिएको थियो । यो जमघट केही दृश्यले खास रह्यो । फिल्म ‘कबड्डी ४’ ब्लकबस्टर बनेपछि पहिलोपटक सौगात मल्ल नयाँ फिल्मको प्रिमियरमा उपस्थित रहे । प्रेमिका तथा अभिनेत्री सृष्टि श्रेष्ठसहित उनी कार्यक्रममा देखिए । तर फिल्म स्क्रिनिङको बीचमै सृष्टि प्रिमियरबाट बाहिरिइन् ।

सलोन बस्नेत प्रिमियरमा आकर्षण रहे । प्रेमिका करिश्मा केसीसँगै सलोन प्रिमियरमा उपस्थित रहे । पहिलोपटक सार्वजनिक कार्यक्रममा सलोन प्रेमिकासहित प्रस्तुत भएका हुन् । प्रिमियरमा प्रेमिकासँगै देखिएका सलोनले प्रेमजीवनलाई औपचारिकता दिएको देखिन्छ । अघिल्लो भ्यालेन्टाइन्स डेबाट डेट गरिरहेको यो जोडी अहिले प्रेममा रमाइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.