वरुण र कियाराको ‘जुगजुग जियो’ले तीन दिनमा कमायो ३६.९३ करोड - Crazysaptahik.com

वरुण र कियाराको ‘जुगजुग जियो’ले तीन दिनमा कमायो ३६.९३ करोड

वरुण धवन र कियारा आडवाणी स्टारर बलिउड फिल्म ‘जुगजुग जियो’ले भारतीय बक्स अफिसमा सन्तोषजनक सुरुवात गरेको छ । शुक्रबार रिलिज भएको फिल्मले जबर्जस्त ओपनिङ नगरे पनि कमाइको गति विस्तारै बढाउँदै लगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८५ करोड भारुको लगानीमा बनेको फिल्मले तीन दिनमा ३६.९३ करोड भारु कमाइ गरेको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले उल्लेख गरेका छन् ।

‘जुगजुग जियो’ सन् २०२२ मा पहिलो सप्ताहन्तमा धेरै कमाइ गर्ने चौथो बलिउड फिल्म समेत बनेको छ । फिल्मले पहिलो दिन ९.२८ करोड, शनिबार १२.५५ करोड र आइतबार १५.१० करोड कमाइ गरेको छ । राज मेहता निर्देशित ‘जुगजुग जियो’ फ्यामिली ड्रामा हो । फिल्ममा अनिल कपुर र नीतु कपुरको पनि मुख्य भूमिका रहेको छ । यो फिल्म नेपालका सिनेमा हलमा पनि प्रदर्शन भइरहेको छ ।

सम्बन्धित खवर