आदित्य नारायणको स्वरमा ‘शमशेरा’को ‘जी हुजुर’ गीत सार्वजनिक - Crazysaptahik.com

आदित्य नारायणको स्वरमा ‘शमशेरा’को ‘जी हुजुर’ गीत सार्वजनिक

रणवीर कपुर स्टारर फिल्म ‘शमशेरा’को गीत ‘जी हुजुर’ सार्वजनिक भएको छ । मिथुनले संगीत गरेको गीतमा आदित्य नारायणको स्वर समावेश छ । यो डान्सिङ ट्रयाकमा रणवीर फिचर्ड छन् । दास हुँदै नेता बनेको योद्धाको कथामा आधारित यो फिल्म साउन ६ गते रिलिजको तयारीमा छ ।

शुक्रबार सार्वजनिक भएको ट्रेलरमार्फत यशराज ब्यानरको यो फिल्मले राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । फिल्ममा वाणी कपुर र सञ्जय दत्त समेत मुख्य भूमिकामा छन् । करण मलहोत्रा निर्देशित यो फिल्म ऐतिहासिक कथावस्तुमा आधारित छ । फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् ।

सम्बन्धित खवर