परमिताले सुरु गरिन् अनलाइन व्यवसाय - Crazysaptahik.com

परमिताले सुरु गरिन् अनलाइन व्यवसाय

बोल्ड अभिनेत्रीको छवि बनाएकी अभिनेत्री परमिता राज्यलक्ष्मी राणाले व्यवसाय सुरु गरेकी छन् । उनले मंगलबारबाट अनलाइन ब्यवसाय सुरु गरेकी हुन् । जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएकी छन् । उनको अनलाइन व्यवसायको नाम ‘पाम्स् थ्रिफ्ट’ राखिएको छ । जसमा महिलाले लगाउने विभिन्न सामान उपलब्ध छन् ।

‘चपली हाइट २’ बाट फिल्म अभिनयमा डेब्यु गरेकी परमिताले त्यसपछि ‘रोज’, ‘चंगा चेट’, ‘द कर्मा’ जस्ता फिल्म अभिनय गरिन् । तर कुनै पनि फिल्मबाट उनले सफलता हात पार्न सकिन् । त्यसैले उनको फिल्मी करियर सफल मान्न सकिन्न ।

नेपालमा छायाङ्कन गरेर फर्किएको बलिउड फिल्म ‘उचाई’ मा एक भारतीय अभिनेत्रीको डमी अभिनय गरेकी उनले केही अगाडि तेलुगू अभिनेता गोपीचन्दसँग एक फिल्म गर्न लागेको चर्चा थियो । तर उक्त चर्चा त्यतिकै सेलाएको छ । उनले केही गीत समेत गाएकी छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.