‘बुलाकी’ कात्तिकमा रिलिज हुने - Crazysaptahik.com

‘बुलाकी’ कात्तिकमा रिलिज हुने

अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ १८ कात्तिकबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोष्टरमा फिल्मका कलाकार सुरक्षा, नरेनको अलवा विराज बिष्ट समेत अटाएका छन् ।

फिल्मका निर्देशक लक्ष्मण सुनार हुन् । डोल्पाका विभिन्न स्थानमा छायांकन भएको फिल्ममा सुरक्षा, नरेन, विराजको अलवा प्रकाश कँडेल, सरस्वती खत्री, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाई, धनबहादुर राई, कमल गाउँले लगायतको अभिनय रहनेछ ।

फिल्म मोती विष्टको प्रस्तुति र गोपाल विष्टको निर्माणमा बनेको हो । निर्देशक सुनार स्वयंको लेखन र सौगात कँडेल सह–निर्माता रहेको फिल्म शिव ढकालले खिचेका हुन् । नेपाली समाजमा विद्यमान जारी प्रथा कथाको रुपमा फिल्मले उठाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.