मलयालम सिनेमाका अभिनेता तथा निर्माता विजय बाबु यौन दुर्व्यवहारको आरोपमा सोमबार पक्राउ परेका छन् । समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार केरला उच्च अदालतको आदेशपछि विजय बाबु एर्नाकुलम टाउन साउथ पुलिस स्टेशनमा सोधपुछका लागि हाजिर भएका थिए ।
केरला उच्च अदालतले उनलाई अग्रिम जमानत दिएको छ र उनलाई प्रहरीले छिट्टै रिहा गर्ने विश्वास गरिएको छ । विजय बाबु रिहा हुनुअघि प्रहरीले घटना भएको स्थानबाट प्रमाण संकलन गर्ने बताइएको छ । अदालतले विजय बाबुलाई अनुसन्धानमा सहयोग गर्न आदेश दिएको थियो र उनलाई यस विषयमा सामाजिक सञ्जाल वा अन्य कुनै समाचार माध्यमबाट चर्चा नगर्न पनि भनिएको थियो ।