
सुगम संगीतकी चर्चित गायिका अञ्जु पन्त अस्ट्रेलियाका विभिन्न सहरमा गुञ्जने भएकी छन् । ‘विजडम नाइट’ नामक यो सांगीतिक टुरमा सिड्नीमा नै रहेका अर्का गायक सञ्जीव पराजुलीले पनि सांगीतिक प्रस्तुति दिने भएका छन् ।
आगामी दशैंको अवसर पारेर विजडम इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कन्सर्ट सेप्टेम्बर १७ देखि सेप्टेम्बर ३० सम्म आयोजना हुने जानकारी विजडम एजुकेसन कन्सल्टेन्सीका सीईओ सफल कार्कीले दिए । उनले भने, ‘अस्ट्रेलियाको विभिन्न सहरमा रहनुहुने गीत–संगीत अनुरागीहरूको चाहना र माग अनुरूप नै हामीले अन्जु पन्तको साथमा कन्सर्ट गर्न लागेका हौं ।’

