आइफा अवार्ड नेपालमा नहुने - Crazysaptahik.com

आइफा अवार्ड नेपालमा नहुने

इन्टरनेशल इन्डियन फिल्म एकाडेमी (आइफा) अवार्ड नेपालमा नहुने पक्का भएको छ । संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्धन समितिले रोक्न निर्देशन दिएसँगै सरकार आइफा अवार्ड नगर्ने निर्णयमा पुगेको हो ।

आइफाइ अवार्ड गराउने निर्णय निरन्तर विवादमा तानिएपछि सरकार पछि हटेको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो वर्षको आइफा अवार्ड नेपालमा नहुने पुष्टि गरे। कार्यकारी अधिकृत जोशीले अवार्ड समारोह आयोजना गर्नका लागि आवश्यक प्रक्रिया अघि बढिनसकेकै अवस्थामा विवादित बन्न पुगेपछि नेपालको पनि अवस्था हेरेर पनि यो निर्णय लिइएको बताए ।’

यो अवार्ड नेपालमा गरेर पर्यटन वर्ष २०२० को पनि प्रचार गर्ने तयारीमा थियौँ’, उनले सञ्चारकर्मीहरुसँग भने, ’देशमा चलेको विवादको अवस्थाको पृष्ठभूमिमा संसदीय समितिको समेत निर्देशनलाई पालना गर्दै यो वर्ष नेपालमा आइफा अवार्ड समारोह नगर्ने निचोडमा पुगेका हौँ। अर्को वर्ष्तिर पर्याप्त पूर्वाधार बनाएर यो समारोह गर्न सकिएला ।’ आइफा अवार्ड समारोह नेपालमा गर्ने तयारी गर्न खोज्दा विवादित बनाइएको भन्दै जोशीले यो वर्ष त्यो अवसर गुमेको बताए ।’ यो समारोहमा ८० देखि सयजनासम्म हाइ प्रोफाइलका सेलिब्रिटीहरु नेपालमा आउँथे’, उनले भने, ’हामीले उनीहरुलाई चितवन, पोखरासहितका स्थानमा घुमाएर प्रवर्द्धनको तयारीमा थियौँ, तर अब यो सायद हुँदैन।’ जोशीले बुधबार दिउँसो पर्यटन मन्त्रालयमा छलफल भएपछि औपचारिक निर्णय गरिने बताए । ’यसबारेमा हामी पर्यटन मन्त्रालयमा छलफलका लागि जाँदैछौँ’, उनले भने, ’त्यहाँ छलफलपछि आइफाबारे औपचारिक निर्णय सरकारबाट आउनेछ।’ आइफा आयोजकले करिब ५० करोड खर्च नेपालले ब्यहोर्नुपर्ने आशयसहितको प्रस्ताव पठाए पनि त्यसमा कुनै पनि सम्झौता नभएको जानकारी दिए ।

सम्बन्धित खवर