नेपाली संगीत जगत एकपछि अर्को चोरीको विवादमा मुछिँदै गएको छ । नेपाली गीत संगीत चोरेको आरोपमा अलि बढी कालीप्रसाद बास्कोटा नै अगाडि देखिएका छन् ।
पटक–पटक संगीत चोरीको आरोप झेलिरहेका संगीतकार कालीप्रसाद बास्कोटा विरुद्ध महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा उजुरी परेको हो । संगीतकार बास्कोटाको ‘समाचार’ बोलको गीत ‘बुझाई देउन’भन्नेबाट कपी गरेको आरोपमा उजुरी परेको हो ।
गायक तथा संगीतकार बिक्की महतले झण्डै १ वर्षअघि रेकर्ड गराएको गीत, ‘समाचार’ सँग मिलेको दाबी गर्दै उजुरी दिएका हुन् । महतले बास्कोटसँग प्रतिलिपी अधिकारबारे छलफल गर्न चाहेको निवेदनमा जनाइएको छ । प्रहरीमा उजुरी गर्दा पनि उचित सुनुवाइ नभएपछि महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेर उजुरी दिएका छन् । यसअघि पनि बास्कोटामाथि‘इन्स्टाको फोटो’ गीतको संगीत चोरी गरेर बनाएको आरोप लागेपछि विवादमा तानिएका थिए ।