नेपाली फिल्मको बजेट कति हो, औसत एक डेढ करोड । कसैले दुई वा तीन करोडसम्म पनि खर्च गर्न सक्छन् । त्यसो त ५० लाखदेखि ८० लाखसम्म गजबकै फिल्म बनिरहेको छ नेपाली फिल्म क्षेत्रमा ।
दक्षिणी छिमेकी भारतको कुरा बेग्लै । त्यहाँ अर्बैं खर्चमा फिल्म निर्माण हुन्छ । पत्यानै गाह्रो त के भने, एउटा एक मिनेटको सिन खिच्न एक अर्ब रुपैयाँ नै खर्च गरिन्छ । प्रंसग, बहुचर्चित र प्रतिक्षित फिल्म साहोको हो ।
प्रदर्शनको तयारीमा रहेको बलिउडको नयाँ फिल्म ‘साहो’ लाई यो वर्षकै सबैभन्दा उत्कृष्ट फिल्मको रुपमा हेरिएको छ । प्रभासद्वारा अभिनित उक्त फिलमलाई वर्षकै सबैभन्दा ठूलो एक्सन इन्टरटेनर फिल्म बनाउनका लागि निर्माताहरुले खुलेर खर्च गरेका छन् । पछिल्लो पटक समार्वाजनिक भएको एउटा खबर अनुसार ८ मिनेट लामो एक्सन सिक्वेन्सका लागि निर्माताले ७० करोड भारु (झण्डै एक अर्ब १२ लाख रुपैयाँ) खर्च गरेका छन् ।
प्रभासको एक्सन तथा डरलाग्दो स्टन्टले भरिएको फिल्म साहो निमाणर््ँको क्रममदेखि नै चर्चामा छ । उक्त फिल्मको टीजर, पोस्टर तथा पहिलो गीत साइको सैयाँ सार्वजनिक भसकेको छ । एउटा समाचार संस्थासँग कुराकानी गर्दै फिल्मका छायांकार माधीले भनेका छन् ‘आबूधाबीमा छायांकन गरिएको ८ मिनेटको एक्सन सिक्वेन्सका लागि निर्माताहरुले ७० करोड भारु खर्च गर्नु र्पयो । छायांकनको दृष्टिकोणले पनि फिल्म उत्कृष्ट बनेको छ । चलचित्रका केही दृष्यहरु हेरेरै यसले ईतिहास रच्ने छ भन्ने कुरामा आशावादी हुन सकिन्छ । एउटा सिंगल सिक्वेन्सका लागि निर्माताले करोडौं रुपैयाँ खर्च गर्ने हिम्मत कमै गर्छन् ।’
साहोका एक्सन दृष्यहरुलाई केनी बेट्सले निर्देश्ँन गरेका हुन् । फिल्मका ९० प्रतिशत फाइटका दृष्यहरु वास्तविक भएको बताइन्छ । फिल्ममा अभिनेत्री श्रद्धा कपूर प्रहरीको भूमिकामा देखिंदैछिन् ।
साहोलाई एक्सनमात्र होइन, मनोरञ्जनले भरिपूर्ण समेत बताइएको छ । एउटा फिल्मलाई ब्लकबष्टर बनाउनका लागि आवश्यक सम्पूर्ण मसला यो फिल्ममा समावेश गरिएको बताइन्छ । यो फिल्ममा मन्दिरा बेदी, नील नितिन मुकेश, ज्याकी श्राफ, चंकी पाण्डे आदि कलाकारहरु पनि प्रमुख भूमिकामा छन् । साहो यही वर्षको अगष्ट १५ का दिन प्रदर्शन हुँदैछ । यो फिल्म हिन्दी भाषाका अतिरिक्त तमिल तथा तलुगू भाषामा पनि प्रदर्शन हुनेछ ।