आमा छोराको उमेर ४ बर्ष मात्रै फरक, सच्याउन जाँदा थुनामा - Crazysaptahik.com

आमा छोराको उमेर ४ बर्ष मात्रै फरक, सच्याउन जाँदा थुनामा

क्रेजी साप्तहिक
पथरी । छोरा भन्दा आमाको उमेर ४ बर्ष मात्रै बढी भएको नागरीकता वितरण सच्याउन जिल्ला प्रसासन कार्यालयमा जाँदा इसराफिल मन्सुरी थुना मा परेको घटना बाहिरिएको छ ।

सुनसरी कोशी गाँउपालिका ३ की लजमा खातुनको प्रतिलिपि नागरिकतामा जन्म मिति २०२५ हुुनु पर्नेमा २०४५ भएको हो । त्यही सच्याउन उनका कान्छा छोरा इसराफिल प्रसासन कार्यालयमा पुगेका थिए । प्रसासन कार्यालयका कर्मचारीकै गल्तीका कारण लजमाको जन्ममीति फरक परेको थियो । यहि गल्ती सच्याउनको साटो उल्टो भिडियो खिचेको भन्दै प्रहरी थुनामा पुर्याए ।

वडा कार्यालयकै सिफारीस लिएर पुगेका उनलाई प्रसासन कार्यालयका कर्मचारीले हुँदैन भन्दै फर्काएपछि मन्सुरीले भिडियो खिच्दै काम नहुनुको कारण सोधेका थिए । जिल्ला प्रसासनका कर्मचारीको लापरवाही कारण भएको गल्ती सच्याउन कार्यालयमा पुगेका मन्सुरी एक रात जिल्ला प्रहरी कार्यालय सुनसरीको थुनामा बिताएका छन् ।

सम्बन्धित खवर