बलिउड अभिनेता रणवीर सिंहलाई उनको स्टाइलका लागि चिनिन्छ । रणबीर सिंहले हालै एउटा फोटोसुट गराएका छन् जुन देखेपछि प्रशंसक र सोसल मिडिया प्रयोगकर्ताबीच राम्रै चर्चा सुरु भएको छ ।
यो फोटोसुटमा रणबीर सिंह गुची ब्रान्डको ट्र्याक सुट लगाइरहेको देखिएका छन् । यो निलो रङको ट्र्याक सुटमा रणबीर सिंह निकै भिन्न देखिएका छन् । यस्तै कति मानिसहरुले उनको तुलना हलिउड अभिनेता जेरेड लेटोसँग पनि गरिरहेका छन् ।
रणवीर सिंहले लगाएको यो ट्र्याकको मूल्य कति होला भनेर धेरैले सोचिरहेका होलान् तर रणवीरको गेटअप हेरेर जति तपाईंको होस् उडेको छ यसको मूल्य सुन्दा तपाईंको दोब्बर होस् उड्नेछ ।
गुचीको वेबसाइटका अनुसार रणवीर सिंहको जगिङ पाइन्टको मूल्य १,९८० डलर अर्थात्, २ लाख ३६ हजार रुपैयाँ हो । यस्तै उनको साइनी जर्सी स्वेटशर्टको मूल्य १६५० डलर अर्थात् १ लाख ९६ हजार रुपैयाँ हो ।
यो दुईवटा गरी यो ट्र्याक सुटको कूल मूल्य ४ लाख रुपैयाँ बढी हो । रणवीर सिंहको स्टाइल जति युनिक छ, त्यति नै महँगो पनि छ । यो ट्र्याक सुटमा रणवीर सिंहको तस्बिर अत्यधिक भाइरल भइरहेको छ ।
ट्र्याक सुटबाहेक रणबीर सिंहले फेडोरा क्याप लगाएको देखिएका थिए । यो क्यापको मूल्यको कुरा गर्ने हो भने यो ५३० डलरको हो । नेपालीहरुले यो क्याप किन्न चाहेको खण्डमा यो ६३ हजार बढी पर्छ ।
रणवीर सिंहको यो स्टाइल उनका थुप्रै प्रशंसकलाई मन परिरहेको छ । यद्यपि, उनी सोसल मिडियामा ट्रोल पनि भएका छन् । यसबाहेक उनीमाथि निकै रोचक मीम्स पनि बनेका छन् । रणवीर सिंह आफ्नो आलोचना पनि निकै सकारात्मक तरिकाले लिँदै आएका छन् ।