काठमाण्डौं– नेपाली सांगीतिक क्षेत्रमा मौलिकता हराएको गुनासो बढिरहेको बेला मैलिकता झल्कने ‘डाँडाघरे साइँली’ बोलको गीत सार्वजनिक भएको छ । बेलाबेलामा केही मौलिक गीतहरु पनि अउने गर्छन् तर पछिल्लो समय सार्वजनिक भएको र दर्शक स्रोताले रुचाएको मौलिक लोक गीत हो, ‘डाँडाघर साइँली’ । गीतको शब्द कृष्ण केसीले लेखेका हुन् । गीतमा श्रीकृष्ण बम मल्लले संगीत भरेका छन् । सो गीतलाई स्वरुपराज आचार्य र लक्ष्मी मल्लले स्वर भएका छन् । गीतलाई कृष्ण बि.के ‘भाञ्जा’ले संगीत संयोजन गरेका हुन् । आधुनिक गीतका सु–प्रसिद्ध गायक स्वरुपराजको यो पहिलो लोकगीत हो ।
गत साता यस गीतको भिडियो सार्वजनिक गरिएको थियो । गीतको भावअनुसार ग्रामिण परिवेशमा भिडियो निर्माण भएको छ । देबेन्द्र बब्लुले भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा प्रकाश सपूत, शिल्पा पोखरेल, करिष्मा ढकाल र श्रीकृष्ण बम मल्लको अभिनय रहेको छ । यसअघि पनि भिडियो निर्देशनबाट दर्शकहरुको मन जितेका देबेन्द्रले यस गीतबाट आफूलाई थप प्रमाणित गरेका छन् । उनले गीतको मर्म अनुसार भिडियोमा आफ्नो शिल्प देखाउन सफल छन् ।
भिडियो: