अभिनेता अक्षयकुमार दमदार अभिनयको माध्यमबाट बलिउडमा राम्रो पहिचान बनाउन सफल छन् । उनी कयौं मानिसका लागि प्रेरणाको श्रोत पनि हुन् । अचेल जो अभिनेता बन्ने स्ट्रगल रहन्छ । उनी अक्षयको जस्तो सफलता हासिल गर्न चाहन्छन् ।
हालै अक्षयकुमारले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेका छन् । जसमा उनले आफुले मानिसलाई अभिनय सिकाउने बताएका छन् । भिडियोमा अक्षयकुमार कालो सर्ट र पाइन्टमा देखिएका छन् ।
‘एक भूमिकाको कसरी अगाडि बढाउने । त्यसको प्रेरणा म रियल जीवनबाट लिने गर्दछु । तपाईं आफैंले गरेको छोटो भूमिका पनि जीन्दगीभर याद राख्न सकिन्छ’ अक्षयले भने, ‘यो सेसनमा म तपाईंहरु माझ आफ्नो ३० वर्षीय भारतीय चलचित्र करियरको बारेमा शेयर गर्नेछु ।’
भिडियोमा अक्षय अगाडि भने– ‘जब म एक सपना देख्ने अभिनेता थिए । त्यो समय औपचारिक रुपमा सिक्ने अवसर कहिल्यै मिलेन । अहिले समय परिवर्तन भएको छ । तपाईंहरु मेरो प्रोफेसनल मास्टर क्लासमा भाग लिन सक्नुहुन्छ ।
केही सफलता र केही नोक्सानको मेरो ३० वर्षको बलिउड अभिनय यात्राबाट केही सिक्न सक्नुहुनेछ ।’ फ्यानले यो भिडियोलाई मन पराएका छन् । कामको कुरा गर्ने हो भने अक्षयकुमार ‘सुर्यवंशी’, ‘पृथ्वीराज’, ‘बेल बोटम’, ‘राम सेतु’,‘ बच्चन पाण्डे’ र ‘रक्षा बन्धन’ फिल्ममा देखिँदैछन् ।