‘ब्लर’ निर्माण गर्दै तापसी - Crazysaptahik.com

‘ब्लर’ निर्माण गर्दै तापसी

बलिउडमा नायिकाहरु निर्मात्री बन्ने क्रम बढ्दो छ । नायिकाहरू कंगना रनोट, अनुष्का शर्मा, आलिया भट्ट, दीपिका पादुकोण लगायतका नायिकाहरुले आफ्नै प्रोडक्शन हाउस खोलिसकेका छन् । अब, यो भिडमा नायिका तापसी पन्नुको नाम पनि जोडिएको छ । तापसीले आफ्नो प्रोडक्शन हाउस सार्वजनिक गरेकी छिन् । जसको नाम उनले ‘आउटसाइडर्स फिल्मस्’ राखेकी छिन् ।

तापसीले निर्माण कम्पनीको घोषणा गर्दै लेखेकी छिन्–‘गत वर्ष जब मैले बलिउडमा पाइला चालेको एक दशक भएको थियो, मलाई थाहा थिएन कि यो नगरीमा तैरिन मात्र होइन आफ्नो बाटो बनाउन पनि सिक्नेछु । कुनै त्यस्तो व्यक्तिका लागि यो सामान्य काम थिएन जसले कुनै दिन पनि पब्लिक फिगर बन्ने सपना देखेको थिएन । म ती सबै मानिसहरुप्रति आभारी छु जसले मलाई यति धेरै माया दिनुभयो र ममाथि विश्वास गर्नुभयो । अब, केही फिर्ता गर्ने समय आएको छ । किनकी, निकै हिम्मतका साथ ठूलो जिम्मेवारी आउँछ । मलाई अब शुभकामना दिनुहोस्, किनकी अब मिहिनेतका साथ सर्वश्रेष्ठ काम ल्याउने समय आएको छ ।’

तापसीले प्रोडक्शन हाउसको घोषणासँगै चलचित्र निर्माणको पनि घोषणा गरेकी छिन् । उनको ब्यानरबाट बन्ने पहिलो चलचित्रको नाम ‘ब्लर’ राखिएको छ । यो चलचित्रको निर्देशन अजय बहलले गर्नेछन् । यो थ्रिलर चलचित्रमा तापसी आफंैले अभिनय गर्नेछिन् ।

सम्बन्धित खवर