किराँत राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिले विश्वव्यापी रुपमा आयोजना गरेको अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।
प्रथम पटक विश्वव्यपी अनलाइनको माध्यमबाट आयोजना गरिएको प्रतियोगितामा झापाका बल बहादुर राई प्रथम भएका छन् भने खोटाङकी पम्फा खालिङग राई दोसो र ओखलढुंगाकी जितुमाया राई तृतीय भएकी छन् । उक्त प्रतियोगितामा झापाकी मन कुमारी राईले सान्त्वना पुरस्कार प्राप्त गरेकी छिन् ।
प्रतियोगितामा प्रथमलाई नगद १६ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई ७ हजार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । यसैगरी सान्तवना–२ र जेष्ठ सहभागी २ जनालाई जनही ५ हजारको दरले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
‘मानव सभ्यताको प्रतिक हो, कला र संस्कृति’ भन्ने मूल नाराको साथ आयोजना गरिएको प्रतियोगी मध्ये जन्तेदुङग गाउपालिका वडा नं ६ आहाले खोटाङकी ९५ वर्षीय विष्णुमाया राई र हलेसीतुवाचुङ नगरपालिका ५ खोटाङकी ९२ वर्षीय देशलक्षी राईलाई ज्येष्ठ नागरिक सम्मानबाट सम्मान गरिएको थियो ।