आदित्यको घोषणाः ‘अर्को बर्षदेखि रियालिटी शो होस्ट गर्दिनँ’ - Crazysaptahik.com

आदित्यको घोषणाः ‘अर्को बर्षदेखि रियालिटी शो होस्ट गर्दिनँ’

बलिउड नायक, गायक तथा रियालिटी शोका सफल होस्ट आदित्य नारायणले सन् २०२२ देखि रियालिटी शो होस्ट नगर्ने घोषणा गरेका छन् ।उनले, अब केही ठूलो काम गर्ने बेला आएको भन्दै रियालिटी शोबाट टाढा हुने घोषणा गरेका हुन् ।

आदित्यले टेलिभिजनका कारण आफूले मुम्बइमा घर किन्न सकेको पनि स्विकार गरेका छन् । आदित्यले अर्को बर्ष आफू पिता बन्ने पनि जानकारी दिएका छन् । उनले भनेका छन्–‘टीभीमा होस्टको रुपमा अर्को बर्ष फेरि अन्तिम बर्ष हुनेछ ।

यसपछि म होस्टिङको काम गर्ने छैन । अब, केही नयाँ र ठूलो काम गर्ने समय आएको छ । मेरा केही संझौताहरु छन्, जुन आउने महिनामा सकिनेछन् । एकसाथ धेरै काम गर्न रमाइलो त लाग्छ तर यसले मलाई निकै नै थकान महशुश हुने गरेको छ ।

१५ सालदेखि म टीभीसँग जोडिएको छु, यसका लागि म आभारी छु । तर, अब अगाडि बढ्ने समय आएको छ ।’ आदित्यले टीभी दुनियाँले आफूलाई धेरै कुरा दिएको बताउँदै भने–‘जब मैले टीभीबाट काम सुरु गरेँ, त्यतिबेला म निकै सानो थिएँ ।

अर्को बर्षदेखि मैले टीभीको दुनियाँ छाड्नेछु, त्यतिबेला म पिता पनि बनिसकेको हुन्छु । मलाई टीभीको दुनियाँले नाम, दाम सबै दिएको छ । म टीभीमा काम नै गर्न छाड्छु भन्ने होइन, तर होस्ट भने गर्दिनँ ।

म कुनै गेम शोमा सहभागी हुनेछु या कुनै रियालिटी शोमा निर्णायकको रुपमा आउनेछु ।’ आदित्य सन् २००७ देखि टेलिभिजनमा रियालिटी शो होस्ट गर्दै दर्शकको मन जित्न सफल छन् । उनी, रियालिटी शो होस्ट गर्दा विवादित पनि बनेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.