के आमा बन्दैछिन् नेहा कक्कड ? - Crazysaptahik.com

के आमा बन्दैछिन् नेहा कक्कड ?

गायिका नेहा कक्कडले गत वर्ष रोहनप्रित सिंहसँग विवाह गरेकी हुन् । विवाहलगत्तै उनी गर्भवती भएको खबर बाहिर आएको थियो । सो खबरको विषयमा नेहा केही बोलिनन् । किनभने सो समय उक्त खबर उनको नयाँ गीतको प्रमोसन स्टन बाहेक केही थिएन ।

उक्त खबरका लागि फ्यानले उनलाई निकै ट्रोल गरेका थिए । अहिले फेरि नेहा गर्भवती भएको खबर चर्चामा छ । नेहा र रोहन एक दोस्रोलाई निकै प्रेम गर्छन् । उनीहरु अक्सर आफ्नो प्रेम सामाजिक सञ्जालबाट अभिव्यक्त गर्ने गरेका छन् ।

केहीदिन पहिले दुबै एयरपोर्टमा देखिएका थिए । केही समयदेखि नेहाको पहिरन सेन्स समेत केही परिवर्तन भएको छ । नेहा र रोहनको केही फरक स्माइलमा जुन तस्बिर बाहिर आएको छ । त्यसले नेहा गर्भवती भएको संकेत समेत दिएको छ ।

नेहाले इन्स्टाग्राममा केही तस्बिर समेत शेयर गरेकी छन् । जसमा उनले पर्पल कलरको पहिरन लगाएकी छन् । यो पहिरनमा उनले रोहनप्रितका साथ प्रेमले भरिएको तस्बिर खिचाएकी छन् ।

धेरै तस्बिर उनले साइट पोजमा दिएकी छन् । यसले पनि उनी गर्भवती भएको अनुमानमा बल पुगेको छ । नेहा कामका पनि निकै सक्रिय रहने व्यक्ति हुन् । उनी टेलिभिजन तथा सामाजिक सञ्जालमा केही दिनको अन्तरमा चर्चामा छाउने गर्थिन् ।

अहिले भने उनी लामो समयसम्म इन्डियन आइडल सेटमा देखिएकी छैनन् । यसकारण पनि अनुमान गरिएको छ गर्भाअवस्थाका कारण उनले इन्डियन आइडलबाट केही समयका लागि बिदा लिएकी छन् ।

सम्बन्धित खवर