बलिउड गायिका पलक मुच्छल सुरिलो स्वरका कारण सबैको मन जित्न सफल छिन् । फ्यान उनका गीतलाई निकै रुचाउने गर्दछन् । अहिले फेरि यी गायिकाले ठुलो सफलता प्राप्त गरेकी छन् ।
अमेरिकाको विश्वविद्यालय युएसएले उनलाई मानार्थ डाक्टरको उपाधि दिएको छ । जसको जानकारी उनी आफैले सामाजिक सञ्जाल मार्फत केही तस्बिर सार्वजनिक गर्दै जानकारी गराएकी छन् । तस्बिरमा उनले सम्मान लिदै गरेको देख्न सकिन्छ ।
तस्विरका पोष्ट गर्दै उनले ‘ग्लोबल पिसका लागि अमेरिकन युनिभर्सिटी युएसएद्धारा मानार्थ डाक्टरको उपाधि प्राप्त भयो ।’ फ्यान उनको यो सफलतामा बधाई दिइरहेका छन् ।
पलकले बलिउडमा कयौं चर्चित गीत दिएकी छन् । जसमा ‘प्रेम रतन धन पायो’ ‘एक दो तीन’, ‘कौन तुझे’ लगायत रहेका छन् । गायनको अलवा पलक समाजसेवाका कारण समेत चिनिने गरेकी छन्