शाहरुखको ‘पठान’मा दीपिकाको एक्सन - Crazysaptahik.com

शाहरुखको ‘पठान’मा दीपिकाको एक्सन

शाहरुख खानको फिल्म ‘पठान’ लामो समयदेखि चर्चामा छ । अहिले फेरि खबर बाँहिरिएको छ फिल्ममा अभिनेत्री दीपिका पादुकोणको एक्सन रहनेछ ।

श्रोतका अनुसार दीपिका फिल्ममा अन्तराष्ट्रिय स्तरको एक्सन गर्दैछिन् । जुन एक्सन उनले हलिउड फिल्ममा गरेकी थिइन् । फिल्ममा उनले हतियार चलाएर गुन्डाहरुसँग लडेर फ्यानलाई समेत अचम्मित पार्नेछिन् ।

दीपिकाले फिल्म ‘पठान’मा अहिले एक्सनका सिक्वेलको सुटिङ गरिरहेको उनका नजिकका ब्यक्तिले बताए । फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ । अभिनेत्रीले यसका लागि कडा मिहिनेत समेत गरिरहेकी छन् ।

निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘पठान’मा शाहरुख र दीपिकाको अलवा जोन अब्राहम समेत मुख्य भुमिकामा देखिनेछन् ।

सम्बन्धित खवर