बुवा बन्न लागेको खबर सुनाउँदै प्रशान्त तामाङले भने– नयाँ सुरुवात गर्न जाँदैछु ! - Crazysaptahik.com

बुवा बन्न लागेको खबर सुनाउँदै प्रशान्त तामाङले भने– नयाँ सुरुवात गर्न जाँदैछु !

इण्डियन आइडल तथा अभिनेता प्रशान्त तामाङ दुई कारणले यतिबेला उत्साहित छन् । पहिलो उनी अभिनित फिल्म ‘परदेशी २’ प्रदर्शनको तयारीमा छ भने अर्को उनी चाँडै पिता बन्नेछन् ।पछिल्लो खबरले उनलाई बढी उत्साहित तुल्याएको छ । हुन त ‘फादरहुड’ प्रत्येक पुरुषको एउटा सपना पनि हो ।

यस्तोमा खुसी बाँड्नु स्वभाविक नै भइहाल्यो । पत्नी मार्था एली गर्भवती भएको खबर सुनाउँदै प्रशान्तले ‘अर्को सुरुवात’ भएको बताएका छन् । आफ्ना प्रशंसकलाई यो खबर सरप्राइज भएको उनले उल्लेख गरेका छन् ।

‘म उत्साहित छु । यो अर्को सुरुवात हो । म प्रेमको पर्खाइमा छु,’ प्रशान्त लेख्छन् । प्रशान्तकी पत्नी मार्था पेशाले एयर होस्टेस पनि हुन् । प्रशान्त अहिले भारतमै छन् र उनी चाँडै नयाँ फिल्मको लागि नेपाल आउने तयारीमा पनि छन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.