यसरी हुँदैछ असार २४ गते नीता–हरिहरको बिहे, निम्तो बाँड्न सुरु - Crazysaptahik.com

यसरी हुँदैछ असार २४ गते नीता–हरिहरको बिहे, निम्तो बाँड्न सुरु

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीबीच आगामी शुक्रबार विवाह हुँदैछ । असार २४ गते हुने बिहे समारोहका लागि उनीहरुले निम्तो पत्र पनि वितरण गरिरहेका छन् । सार्वजनिक भएको विवाहको कार्ड अनुसार उक्त मितिमा दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुनेछ । बिहेमा आफन्त र परिवारलाई मात्र बोलाइएको छ ।

उनीहरुको रिसेप्सनको लागि बलिउड अभिनेता तथा ‘गजनी’ फेम्ड भिलेन प्रदीप रावत पनि नेपाल आउने चर्चा छ । चार वर्षअघिको प्रेमलाई उनीहरुले बिहेमा परिणत गर्न लागेका हुन् । यतिबेला दुवै जना सपिङ र बिहेको तयारीमा जुटेका छन् ।  बिहेलगत्तै हरिहर र नीता दुवै जना निर्माण हुन लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा व्यस्त हुनेछन् । यो फिल्मलाई उनीहरुले आफ्नो स्वप्न प्रोजेक्ट बताउँदै आएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.