वैशाखसम्म नयाँ फिल्मको अफर नगर्नुस् :विपिन कार्की - Crazysaptahik.com

वैशाखसम्म नयाँ फिल्मको अफर नगर्नुस् :विपिन कार्की

अभिनेता विपिन कार्कीले आफूलाई आउँदो बर्षको वैशाखसम्म फुर्सद नभएको बताएका छन् । उनले वैशाखसम्म फुर्सद नभएकोले फिल्मको अफर समेत नगर्न निर्मातालाई अनुरोध गरे । बिहीबार फिल्म ‘प्रसाद २’ घोषणा कार्यक्रममा उनले आफ्नो व्यस्तता सुनाएका हुन् । ‘मलाई अहिले फिल्मको अफर धेरै आउँछ । आउँदो वर्षको बैशाखसम्म मेरो सेड्यूल प्याक छ’ उनले भने ‘अहिलेलाई फिल्मको अफर नगरिदिनुहोला ।’

केही दिनयता विपिनले ५० लाख पारिश्रमिक पुर्याएको बिषयमा समेत मिडियामा गसिफ बनिरहेका छन् । त्यस बिषयमा उनले घुमाउरो जवाफ समेत दिए । उनले भने ‘पारिश्रमिक धेरै मागेको भए निर्माताले अफर किन गर्थे ।’

कहिले काही पारिश्रमिक समेत नलेर काम समेत गर्ने गरेको बताउका उनले जुनै प्रोडेटमा पनि आफुले शत प्रतिशत दिने कोसिस गरेको बताए । विपिन ‘प्रसाद २’ को पछि बलिउड फिल्म ‘एनिमल’ मा काम गर्दैछन्

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.