किन रिलिज भएन शुक्रबार नयाँ नेपाली फिल्म ? - Crazysaptahik.com

किन रिलिज भएन शुक्रबार नयाँ नेपाली फिल्म ?

अक्सर नेपाली निर्माता आफ्नो फिल्म रिलिजका लागि तछाड मछाड गर्छन् । राम्रो डेट भयो भने उनीहरु एक अर्काेसँग भिड्न समेत तयार हुन्छन् । एकै मितिमा दुई वा सोभन्दा बढी फिल्म भिडाएका थुप्रै उदाहरण पनि छन् । शुक्रबार भने एक पनि नयाँ फिल्म हलमा रिलिज हुन सकेन । रिलिजका लागि फिल्म नभएर वा बन्ने क्रम रोकिएर यसो भएको होइन ।

रिलिजका थुप्रै फिल्म तयार छन् । अर्काे कुरो फिल्म निर्माण हुने क्रम पनि रोकिएको छैन । तर, यो शुक्रबार किन रिलिज हुन सकेन नेपाली फिल्म ? असार महिना फिल्म व्यवसायको लागि राम्रो नमानिएकोले नयाँ फिल्म रिलिज नभएको निर्माता तथा वितरक गोपालकाजी कायस्था बताउँछन् । ‘असारमा रिलिज भएका फिल्मले व्यवसाय नगरेको रेकर्ड थुप्रै छन्’ कायस्थाले भने ‘फिल्म नभएर होइन, निर्माताले नदिएको कारण रिलिज नभएको हो ।’

नेपालमा एकपटक रिलिज भएको फिल्म फेरि रिलिज हुने सम्भावना कम हुने भएकोले पनि असारमा प्राय निर्माताले फिल्म रिलिजका लागि नदिने कायस्थाको भनाइ रहेको छ । कायस्थाको कुरोसँग असमती जनाउँछन् निर्माता, निर्देशक तथा प्रदर्शक असोक शर्मा ।

उनले शुक्रबार फिल्म रिलिज नभएको विषयमा आफू अनविज्ञ रहेको बताए । ‘अघिल्लो साता फिल्म रिलिज भएका थिए । अवको सातामा पनि रिलिज हुने तरखरमा छन्’ शर्माले भने ‘यो साता निर्माताले फिल्म रिलिजका लागि किन उचित ठानेन् । मैले बुझ्न सकिन ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.