कोभिड महामारीअघि नै छायांकन सम्पन्न भइसकेको सारा श्रीपाइली अभिनित फिल्म ‘गुञ्जन’को प्रदर्शन मिति तय भएको छ । निर्देशक अष्ट महर्जनका अनुसार आगामी पुस २९ गते प्रदर्शन गर्ने तयारी छ । वितरण कम्पनी एफडी र जीजीए समूहले फिल्मको वितरण अधिकार खरिद गरेका छन् ।
नेपाल र यूएईको दुबईमा छायांकन गरिएको फिल्ममा कबीर खड्का र प्रितमराज सेन्चुरीको समेत अभिनय छ । सांगीतिक प्रेमकथामा आधारित फिल्म एक्सन कोरियोग्राफर समेत रहेका महर्जन निर्देशित डेब्यु निर्देशकीय फिल्म हो । निर्देशक महर्जनले अहिलेसम्म एक्सन कोरियोग्राफरको रुपमा काम गर्दा बटुलेको अनुभवलाई निर्देशन कार्यमा प्रयोग गरेको बताए ।