सलमानले ‘दबङ ४’ ल्याउँने - Crazysaptahik.com

सलमानले ‘दबङ ४’ ल्याउँने

सलमान खान आफू अभिनित चर्चित सिक्वेल फिल्म ‘दबङ’को चौथो श्रृंखला ल्याउने तयारीमा छन् ।

टाइम्स अफ इन्डियाका अनुसार यो फिल्मलाई तिग्मांशु धुलियाले पटकथा लेखिरहेका छन् भने उनी स्वयंले निर्देशन गर्नेछन् । नेपाल सहित विश्वभर सलमानको दबङले राम्रो व्यापार गर्न सफल भएको थियो । पछिल्लो फिल्म अन्तिमको प्रचारप्रसारको क्रममा नै उनले ‘दबङ ४’ बनाउन लागेकोबारे उल्लेख गरेका थिए ।

आगामी डिसेम्बरदेखि यो फिल्मको छायांकन सुरु हुने जनाइएको छ । मिडिया रिपोर्ट अनुसार सलमानले नै निर्देशक धुलियालाई यो प्रोजेक्टमा ल्याउन पहल गरेका थिए ।

सलमानले धुलियालाई आदर्श व्यक्ति भएको पनि उल्लेख गरिसकेका छन् । धुलियाले दबङ सिक्वेलमा चुलबुल पाण्डे पात्रमा थ्रील र एड्भेन्चर ल्याउन सक्ने बताए । रिपोर्टका अनुसार सलमान तिग्मांशुको कामबाट खुसी छन् ।

फिल्म ‘हासिल’बाट तिग्मांशुले करिअर थालेका थिए । त्यसपछि उनले साहब बीबी और ग्याङस्टर, पानसिंह तोमर, साहब बीबी और ग्याङस्टर रिटन्र्स, बुलेट राजा और यारालाई निर्देशन गरेका छन् ।

सम्बन्धित खवर