‘प्रेमगञ्ज’को गीत ‘समय’ रिलिज, बिन्दास बेनिशा र उदास तेज - Crazysaptahik.com

‘प्रेमगञ्ज’को गीत ‘समय’ रिलिज, बिन्दास बेनिशा र उदास तेज

परिच्छेद सेनको डेब्यु निर्देशन रहेको फिल्म ‘प्रेमगञ्ज’को तेस्रो गीत ‘समय’ रिलिज भएको छ । गीतमा फिल्मका मुख्य कलाकार बेनिशा हमाल, तेज गिरी, राइडर प्रसन र सुप्रिया खनाल फिचर्ड छन् ।उदासी मुडकोे गीत तेज गिरी पात्रको दृष्टिकोणबाट प्रस्तुत छ । एउटा कालखण्डमा नजिक रहेका उनीहरू अर्को कालखण्डमा भेट हुँदाको परिस्थितिलाई गीतमा प्रस्तुत छ ।

निर्देशक सेनका अनुसार फिल्ममा दुई समयको प्रेमकथा देख्न सकिन्छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन् भने प्रसन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् ।पुरुषोत्तम ढुंगेलको शब्द तथा संगीत रहेको गीतलाई किरण भुसालले आवाज दिएका छन् । गीतको नृत्य निर्देशन परिच्छेद स्वयंले गरेका हुन् ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको लेखक पनि परिच्छेद सेन नै हुन् । फिल्मको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने फिल्म भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ ।

 

सम्बन्धित खवर