‘परदेशी २’को टिजरमा स्थान नदिइएपछि प्रशान्त तामाङ असन्तुष्ट - Crazysaptahik.com

‘परदेशी २’को टिजरमा स्थान नदिइएपछि प्रशान्त तामाङ असन्तुष्ट

दशैं छेकोमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परदेशी २’ले यसैसाता टिजर रिलिज गरेको छ । टिजर भनिए पनि ट्रेलर शैलीमा रिलिज भएको नारायण रायमाझी निर्देशित फिल्मको टिजरमा सिरिजका प्रमुख अभिनेता प्रशान्त तामाङलाई पूरै ओझेलमा राखिएको छ । पूर्व इण्डियन आइडल समेत रहेका प्रशान्तले नै रायमाझीलाई नेपाली फिल्ममा स्थापित गराउन भूमिका खेलेका दुई फिल्म गोर्खापल्टन र परदेशी हिट बनाउन योगदान दिएका थिए ।

तर ‘परदेशी २’ टिजरमा प्रशान्तलाई छायाँमा राखेर फिल्मको मुख्य अभिनेताको रुपमा गायक प्रकाश सपुतलाई स्थान दिइएको छ । गोर्खापल्टन स्टार तामाङलाई ओझेलमा पारिएकोप्रति सामाजिक सञ्जालमा रायमाझीको आलोचना भएको छ । कथामा इमान्दार हुने हो भने निर्देशकले सिरिजको मुख्य पात्रलाई त्यसरी छायाँमा पार्न नहुने टिप्पणी उठेको छ ।

पौने तीन मिनेटको टिजरमा प्रशान्तको एउटा मात्र दृश्य छ । प्रशान्त निकट स्रोतका अनुसार टिजरलाई लिएर उनी खुसी छैनन् । यतिबेला प्रशान्त भारतमै छन् र उनी फिल्मको प्रचारमा आउने वा नआउने टुंगो पनि छैन । ‘टिजरमा दिइएको स्पेसलाई लिएर प्रशान्तजी असन्तुष्ट हुनुहुन्छ,’ निकट स्रोतले भन्यो । पूरै टिजरभरि नन्–एक्टर सपुत छाउनुलाई निर्देशक रायमाझीको भरोसाको रुपमा हेरिएको छ । तर फिल्मको व्यावसायिक भविष्य असोज १४ गते नै थाहा होला ।

https://youtu.be/sIavUDgxvQQ

सम्बन्धित खवर