
मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२२ को उपाधि अमन गदाल र एनिमा घतानीले जितेका छन् । अमन गदालले मिस्टर विश्वकर्मातर्फ उपाधि जिते । कृष कालिराज फस्ट रनरअप र मनिष दराल सेकेन्ड रनरअप घोषित भए । अनिमा घतानीले मिस विश्वकर्मातर्फ उपाधि जितिन् ।
इशा सिलवाल फस्ट रनरअप र मनिषा विश्वकर्मा सेकेन्ड रनरअप भए । उपाधि विजेता अमन र एनिमाले जनही ५०–५० हजार रुपैयाँ प्राप्त गरे । बी–ब्रोज इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगिताका विजयीलाई पूर्वमन्त्री मीन विश्वकर्माले पुरस्कार वितरण गरे ।

