शाहरुख खानको विलासी जीवनमा समावेश २०० करोडको बंगला, १४ करोडको कार र २ करोडको घडी - Crazysaptahik.com

शाहरुख खानको विलासी जीवनमा समावेश २०० करोडको बंगला, १४ करोडको कार र २ करोडको घडी

जसले आफ्नो पहिलो अभिनयका लागि ५० भारु पाएका थिए अब उनको कूल सम्पत्ति ५ हजार करोड भारु भन्दा पनि बढी छ । बलिउडमा विलासीप् जीवन बिताउनेहरुमा शाहरुख पछि पर्छन् । उनी २०० करोड भारुको आलिशान बंगला मन्नतमा बस्छन्, १४ करोडको बुगाटी वेरनको सुपर कार चढ्छन् र २ करोड भारुको फिलिप लग्जिरियस घडी लगाउँछन् ।

उनको विलासी जीवनबारे केही जानकारी लिऔँ । मुम्बईको मुटु बान्द्रामा रहेको शाहरुख खानको आलिशान बंगला ‘मन्नत’ उनका फ्यान र विश्वमा सधै चर्चाको विषय बनेको छ । वास्तुका\डिजाइनर कैफ फकीहसँग मिलेर गौरी खानले मन्नतको डिजाइन गरेकी हुन् । समुद्री किनारमा रहेको यो बंगलामा एक अर्बपतिको घरमा हुने सबै सुविधाहरू छन् ।

सायद यही कारणले गर्दा मानिसहरु मन्नतलाई अम्बानीको घरसँग तुलना गर्छन् । यस बंगलामा धेरै शयनकक्षहरू, बस्ने ठाउँ, जिम, वाक इज वार्डरोब, पुस्तकालय र व्यक्तिगत सभागार छन् । सन् २००१ मा शाहरुखले यसलाई किन्दा, त्यसको मूल्य करिब १४ करोड भारु थियो भने आज २०२२ मा मन्नतको मूल्य २०० करोड भारु छ । शाहरुखले यो बंगला किन्ने बेला यसको नाम ‘विला भियना’ थियो र यसको मालिक गुजरातका पारसी किकू गान्धी थिए ।

लण्डन र दुबईमा पनि विलासी सम्पत्ति

शाहरुख खानको यो एउटा मात्रै नभई धेरै घरहरू छन् र सबै विलासी छन् । उनको लन्डनमा पनि विलासी घर छ, जुन उनले सन् २००९ मा किनेका थिए । यस घरको लागत लगभग १७२ करोड भारु छ । साथै, उनको दुबईको पाम जुमेराहमा लक्जरी भिला पनि छ ।

मिडिया रिपोर्टका अनुसार यो भव्य घरको लागत १०० करोड भारु हो । र यस भिलाको नाम जन्नत हो । शाहरुखलाई यो भिला सेप्टेम्बर २००७ मा दुबईका प्रोपर्टी डेभलपर नखिलले उपहार दिएका थिए ।

शाहरुखसँग बुगाटीदेखि लिएर धेरै कारहरूको संग्रह छ

शाहरुख खानलाई लग्जरी कार पनि मनपर्छन् । केही मिडिया रिपोर्टका अनुसार शाहरुख बुगाटी भेयरोन टप मोडलका मालिक हुन् जसको मूल्य १४ करोड भारु रहेको छ । यो सुपर कार यसको असाधारण डिजाइन, प्रदर्शन र विशेषताहरुका लागी परिचित छ । यो कार ४१५ किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडन्छ र २।५ सेकेन्डमा यसको स्पिड ० बाट १०० सम्म पुग्न सक्छ ।

यी कारहरू पनि शाहरुखको कार कलेक्सनमा छन्

४.१ करोडको रोल्स रोयस कूप

४ करोडको बेन्टले कन्टिनेन्टल जीटी

मर्सिडीज बेन्ज एस ६०० गार्ड २.८ करोड

५६ लाख मूल्यको अडी एसिक्स

१.३ करोड भारुको बीएमडब्ल्यू सिक्स सिरिज

२ करोड भारुको बीएमडब्ल्यू सेभेन सिरिज

शाहरुखसँग ४ करोड भारुको लक्जरी भ्यानिटी भ्यान छ

शाहरुखको भ्यानिटी भ्यान कुनै विलासी महलभन्दा कम छैन । सुटिङका ​​क्रममा शाहरुख जुन भ्यानिटी भ्यानमा बस्छन् त्यो ‘भोल्भो बीआर नाइन’ मोडलको हो । जसलाई प्रसिद्ध भ्यान डिजाइनर दिलीप छाबरियाले शाहरुखका लागि विशेष डिजाइन गरेका हुन् ।

शाहरुख बाहेक दिलीपले धेरै बलिउड र साउथ स्टारहरुको भ्यानिटी भ्यान डिजाइन गरेका छन् । यस भ्यानिटी भ्यानको इन्टेरियरको बारेमा कुरा गर्दा, यसको फ्लोर पूर्णतया सिसाको बनेको छ र ब्याकलिट पनि छ। यससँगै यो भ्यान ‘आई प्याड’ मार्फत् पनि चलाउन सकिनेछ ।

यो भ्यानिटी भ्यानमा प्यान्ट्री खण्ड, वार्डरोब खण्ड, एक विशेष मेकअप कुर्सी र छुट्टै शौचालय छ । भ्यानिटी भ्यानमा इनबिल्ट शावर, ठूलो फ्ल्याटस्क्रिन टिभी पनि छ । शाहरुखको यो भ्यानिटी भ्यानको मूल्य ४ करोड भारु रहेको छ ।

शाहरुखको समय मात्र होइन घडी पनि विलासी छ

अहिले सम्म तपाईले थाहा पाउनु भएको होला कि शाहरुख खान आफ्नो विलासिताको लागि पैसा खर्च गर्न छोड्दैनन्। त्यसैले शाहरुखले प्रायः महँगो घडी लगाएको देख्दा कुनै आश्चर्य नलाग्न सक्छ । रोलेक्सको स्वामित्वदेखि लिएर अडेमर्स पिगुएटलाई आफ्नो कलेक्सनमा जोड्नेसम्म, शाहरुखसँग जुन घडी छन् ती सबै एक्सक्लुसिभ छन् । उनका महँगा घडीको संकलन पनि हेरौँ ।

२ करोड भारुको पाटेक फिलिप एक्वानट ५९६८ ए

३९ लाखभारुको अडेमर्स पिगुएट रोष्ल ओक अफशोर क्रोनोग्रफ

२६ लाख भारुको रोलेक्स कस्मोग्राफ डेटोना

५ लाख ६१ हजार भारुको टेग ह्यूअर मोनाको ६९

अभिनयबाहेक यी चार व्यापारले पैसा कमाउँछन् शाहरुख

रेड चिलीज इन्टरटेनमेन्ट

सन् २००२ मा शाहरुख र गौरी खानले मिलेर प्रोडक्सन हाउस ‘रेड चिलीज इन्टरटेनमेन्ट’ को आधारशिला राखेका थिए । आज यो भिएफएक्स र भिजुअल प्रभावहरूको लागि सबैभन्दा विश्वसनीय प्रोडक्सन हाउस हो । मिडिया रिपोर्टका अनुसार यसको वार्षिक कारोबार करिब ५०० करोड रहेको छ ।

कोलकाता नाइट राइडर्स

कोलकाता नाइट राइडर्समा शाहरुख खानको कुनै व्यक्तिगत हिस्सेदारी छैन । बरु, उनको प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्टको टोलीमा ५५ प्रतिशत हिस्सा छ ।

किडजानिया

मिडिया रिपोर्टका अनुसार भारतीय फ्रेन्चाइज किडजानियामा शाहरुखको २६ प्रतिशत सेयर रहेको छ । किडजानिया पारिवारिक मनोरञ्जन र इनडोर पार्कहरूको एउटा श्रृंखला हो जहाँ ५ देखि १३ वर्षका बालबालिकाहरूले खेल्दाखेल्दै धेरै कुरा सिक्ने गर्छन् ।

ब्रान्ड एन्डोर्समेन्ट

ब्रान्डबाट पैसा कमाउने अभिनेताको लिस्टमा शाहरुखको नाम तल आउँछ तर पनि उनले ब्रान्डबाट धेरै पैसा कमाउँछन् । उनी धेरै वर्षदेखि पेप्सी, व्हर्लपुल, नोकिया, हुन्डाई, ट्याग ह्युअर, डिस टिभी, बिग बास्केट र बाइजुको अनुहार बनेका छन् । र बिजनेश इनसाइडरको रिपोर्ट अनुसार, शाहरुखले एउटा विज्ञापन सुटिङका ​​लागि प्रतिदिन करिब ३।५ देखि ४ करोड रुपैयाँ लिने गर्छन् ।

सम्बन्धित खवर