नेपालसहित ८ देशमा एकसाथ प्रदर्शन हुँदै ‘प्रकाश’ - Crazysaptahik.com

नेपालसहित ८ देशमा एकसाथ प्रदर्शन हुँदै ‘प्रकाश’

१० भदौबाट रिलिज हुने फिल्म ‘प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्म भारत, अष्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्ट लगायतका मुलुकमा एकसाथ प्रदर्शन हुनेछ । फिल्मको विदेश राइट्स नेपाल सहित उल्लेखित देशहरुमा प्रदर्शनका लागि एक करोड ७२ लाखमा बिक्री भएको जनाएको निर्माता महेन्द्र अधिकारीले बताए ।

अन्य केही देशमा समेत छिट्टै टुङ्गो लाग्ने उनको भनाई रहेको छ । दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ । शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथामा बनेको फिल्ममा मध्यम वर्गीय विभेदको कुरा पनि उठाइएको छ ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आर आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

सम्बन्धित खवर