१९७४ एडीले भन्यो– हामीविरुद्ध परेको मुद्दा झुटो हो - Crazysaptahik.com

१९७४ एडीले भन्यो– हामीविरुद्ध परेको मुद्दा झुटो हो

सांगीतिक ब्याण्ड १९७४ एडीले आफूविरुद्ध काठमाडौं जिल्ला अदालतमा झुटो मुद्दा परेको दाबी गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै ब्याण्डले सञ्चारमाध्यमका आएका समाचारबाट उजुरी परेको थाहा पाएको र त्यो झुटो भएको जनाएको छ । लण्डनमा कार्यक्रम गर्न पैसा लिएर पनि नगएको भन्दै बेलायतको एचएबीअ मुभमेन्ट लिमिटेडका तर्फबाट ललितपुरका नवीन गुरुङले १९७४ एडी र त्यसका प्रवन्धक सञ्जय श्रेष्ठसँग ३ लाख रुपैयाँ मागदाबी गर्दै केही दिनअघि अदालतमा मुद्दा हालेका छन् ।

तर ब्याण्डले भने आफूहरुमाथि लगाइएको यो आरोपको खण्डन गरेको छ । १९७४ एडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी १९७४ एडीविरुद्ध पर्न गएको मुद्दाको बारेमा हामीले भर्खर सञ्चारमाध्यमबाट थाहा पायौं ।

त्यो समाचारमा लेखिएको कुनै पनि काम हामीबाट नभएको र हामीले कुनै पनि करार पालना नगरेको छैनौं र हामीविरुद्ध पर्न गएको यो झुटो उजुरीविरुद्ध लड्न कानुनी सल्लाहकार राखिसकेको र सम्मनित अदालतबाट आएको आदेशलाई मान्ने छौं भनी तपाईंहरु सबै शुभचिन्तकलाई खबर गर्न चाहन्छौं । ’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.