सम्झौता गरेर मात्रै मेरो लगानीका गीत स्टेजमा गाउनुस् : वसन्त सापकोटा - Crazysaptahik.com

सम्झौता गरेर मात्रै मेरो लगानीका गीत स्टेजमा गाउनुस् : वसन्त सापकोटा

संगीतकार वसन्त सापकोटाले आफ्नो लगानीका गीतलाई सार्वजनिक कार्यक्रममा गाउनुपूर्व अनिवार्य आफूसँग सम्झौता गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत बुधबार वक्तव्य जारी गर्दै सापकोटाले सम्झौता नगरी गीत नगाउन चेतावनी दिएका हुन् । आफ्नो अनुमतिबिना गीत गाइए प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी उपचारमा जाने उनको भनाइ छ ।

‘यतिबेला सार्वजनिक कार्यक्रममा समेत जतासुकै मेरो लगानीका गीत गाइएको छ,’ सापकोटाले  भने, ‘यस्तो कार्यलाई निरुत्साहित गर्न पनि मैले सार्वजनिक आग्रह गरेको हुँ ।’ निर्माताको अधिकार के हुने भन्ने बारेमा पनि बहस सिर्जना हुनु आवश्यक रहेको उनले बताए । ‘अब यी कुरालाई पनि बहसमा ल्याउनु जरुरी छ,’ उनी भन्छन्, ‘मैले गीत नगाउन भनेको होइन, प्रक्रिया पुयाएर मात्र गाउन भनेको हुँ ।’

रोयल्टी संकलन समाजका कोषाध्यक्ष समेत रहेका उनले सिर्जनाप्रतिको सम्मानको लागि पनि यस्तो गर्नु जरुरी रहेको बताए । यसअघि ‘सिमसिमे पानी’ फेम्ड गायिका रेखा शाहले पनि अनुमति बिना गीत नगाउन सार्वजनिक चेतावनी दिएकी थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.