‘केजीएफ–२’लाई उछिन्दै ‘कबड्डी ४’ बन्यो क्यूएफएक्समा धेरै कमाउने फिल्म - Crazysaptahik.com

‘केजीएफ–२’लाई उछिन्दै ‘कबड्डी ४’ बन्यो क्यूएफएक्समा धेरै कमाउने फिल्म

नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा ‘कबड्डी ४’ले सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान रचेको छ । मंगलबारसम्मको कमाइ हेर्दा दयाहाङ राई स्टारर फिल्मले भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’को कमाइलाई पनि उछिनेको छ । मंगलबारसम्म क्यूएफएक्सका २६ वटा पर्दाबाट ‘कबड्डी ४’ ले ७ करोड ९ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘केजीएफ : च्याप्टर २’को लाइफटाइम कलेक्सन ७ करोड १ लाख ग्रस छ ।

सोही अवधिमा ‘कबड्डी ४’लाई २ लाख २४ हजार जना दर्शकले हेरेका छन् भने ‘केजीएफ–२’लाई २ लाख १८ हजार जनाले हेरेका छन् । नेपाली फिल्म बजारको कुल कलेक्सनमा क्यूएफएक्सको हिस्सा झण्डै ६० प्रतिशत मानिन्छ ।

तर देशव्यापी कमाइको हिसाबमा चाहिं ५१ दिनसम्म ‘कबड्डी ४’ को कुल कलेक्सन २२ करोड ८३ लाख रुपैयाँ छ । ‘बाहुबली २’ ले २३ करोड कमाइ गरेको हिसाब छ । ‘कबड्डी ४’ अहिले पनि नेपाली हलमा प्रदर्शनरत छ ।

सम्बन्धित खवर