‘छड्के २’ मा रविन तामाङ जोडिए, भिटेनले गीत गाउने - Crazysaptahik.com

‘छड्के २’ मा रविन तामाङ जोडिए, भिटेनले गीत गाउने

फिल्म ‘छड्के २’का प्रमुख कलाकारमा रविन तामाङ, कमलमणि नेपाल र सिर्जना सुब्बा पनि जोडिएका छन् । ५० लाख रुपैयाँ पारिश्रमिकसहित अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन् । फिल्ममा नयाँ नायिका अनुबन्धित भएकी छन् । उनीसहितका अन्य कलाकारबारे खुलाइएको छैन । अहिले चितवनमा भइरहेको कार्यशालामा अनमोलसहितका कलाकार समेत सहभागी छन् ।

प्रमुख भूमिकामा अभिनेता राजेश हमाललाई पनि प्रस्ताव गरिएको तर उनले अस्वीकार गरेको स्रोत बताउँछ । मुख्य पात्रको ‘बा’को भूमिकामा हमाललाई ५० लाख रुपैयाँ पारिश्रमिकसहित प्रस्ताव गरिएको तर उनले नखेलेको स्रोतको भनाइ छ । निर्माता प्रशान्त गिरीले भने हमालले खेल्न नमानेको विषयमा केही बताएनन् ।

विपिन कार्कीलाई पनि प्रस्ताव गरिएको तर उनले रचनात्मक असमझदारी भन्दै नमानेको पनि गिरीले बताए । विपिनलाई मनाउने प्रयास भने जारी रहेको उनले बताए ।साउन २५ गतेदेखि मनाङ र नारायणगढमा छायांकन हुने फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्दैछन् ।

साढे चार करोड रुपैयाँ बजेट बताइएको फिल्ममा प्रशान्त, निगम र लक्ष्मण काफ्ले निर्माता छन् । यसैबीच, फिल्ममा भिटेनले गीत गाउने भएका छन् । उनले कथावस्तुमै आधारित गीत गाउने समझदारी भएको निर्माता गिरीले जानकारी दिए ।

सम्बन्धित खवर