‘ब्ल्याक प्यान्थर’को टिजरलाई २४ घण्टामा १७ करोड पटक हेरियो - Crazysaptahik.com

‘ब्ल्याक प्यान्थर’को टिजरलाई २४ घण्टामा १७ करोड पटक हेरियो

हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’को टिजर ट्रेलरले इन्टरनेट प्लेटफर्ममा २४ घण्टामा १७२ मिलियन अर्थात् १७ करोड बढी भ्युज पाउँदै कीर्तिमान कायम गरेको छ । शनिबार रिलिज भएको टिजरले दर्शक संख्यामा कीर्तिमान रचेको हो । सन् २०१७ मा रिलिज भएको फिल्मको अघिल्लो श्रृंखलाले ८८ मिलियन भ्युज पाएको थियो ।

सोही अवधिमा फिल्मले ८ लाख ९३ हजार मेन्सन प्राप्त गरेको छ । मार्भल स्टुडियोको इतिहासमा यो संख्या सर्वाधिक रहेको भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।यही गतिमा दर्शकको संख्या बढ्दै जाँदा यसले अन्य स्टुडियोका फिल्मको कीर्तिमानलाई पनि उछिन्ने प्रक्षेपण गरिएको छ । टिजर रिलिज हुने बित्तिकै चाडविक बोसम्यान, नेमर, सुरी, टी चेल्ला, रायन कुगलर र एन्जेला बासेट ट्रेन्डिङ भएका छन् ।

तर ‘स्पाइडरम्यान : नो वे होम’को टिजरलाई २४ घण्टामा ३५५.५ मिलियन र त्यसपछि एभेन्जर्सका चार टिजरले उच्च भ्युज पाएका छन् । एभेन्जर्स एन्डगेमको टिजरले २८९ मिलियन भ्युज पाएको छ । आगामी नोभेम्बर ११ मा ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ नेपालमा समेत प्रदर्शन हुँदैछ ।

सम्बन्धित खवर