बाराक ओबामाले सिफारिस गरेका २२ गीत, सूचीमा बियोन्सेदेखि ह्यारी स्टाइलसम्म - Crazysaptahik.com

बाराक ओबामाले सिफारिस गरेका २२ गीत, सूचीमा बियोन्सेदेखि ह्यारी स्टाइलसम्म

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा संगीत र फिल्मप्रति निकै चाख लिने नेता हुन् । समकालीन विश्व नेतामा पप–कल्चरप्रति चासो राख्ने उनी सरहका नेता कमै छन् । बर्सेनि गर्मी (समर) याममा उनी आफ्ना फेभरेट गीत सिफारिस गर्छन् । बिहीबार पनि उनले यो यामका आफूलाई मनपर्ने २२ वटा गीत सिफारिस गरेका छन् ।

ओबामाको सांगीतिक सूचीमा बियोन्सेदेखि पछिल्ला छिमलका गायक ह्यारी स्टाइलसम्म अटाएका छन् । ‘बर्सेनि मलाई आफ्ना प्रिय गीत सिफारिस गर्न पाउँदा उत्साहित हुन्छु । तपाईंको प्रत्युत्तरबाट मलाई थाहा हुन्छ कि बर्सेनि कति नयाँ कलाकार आउँछन् भनेर ।

संगीतले हामीलाई कति नजिक ल्याउँछ भन्ने यो एउटा उदाहरण हो,’ उनी लेख्छन् । ओबामको सिफारिसमा अलग स्वादका विश्वचर्चित ट्युनहरु छन् । तपाईं उनको सिफारिसमा यी गीतहरु इन्जोय गर्न सक्नुहुन्छ :

यस्तो छ ओबामाको सिफारिस

१) ब्रेक माइ सोल :बियोन्से

२) भाइब आउट : टेम्स

३) म्युजिक फर अ सुसी रेष्टुरेन्ट : ह्यारी स्टाइल

४) माइटी लभ : द स्पिनर्स

५) फिलिङ अलराइट : जोए कुकर

६) एनर्जी : साम्पा द ग्रेट

७) साओको : रोसालिया

८) स्पिलिट÷होल टाइम : लिल याची

९) लेट्स गो क्रेजी : प्रिन्स

१०) द्याट्स होएर आइएम : म्यागी रोजर्स

११) आइ कान्ट गेट नेक्स्ट टु यु : अल ग्रीन

१२) मोर द्यान यू नो : डीआर जोन

१३) ब्लु इन ग्रीन : माइल्स डेभिस

१४) लास्ट लास्ट : बुर्ना ब्वाय

१५) पर्सुएसिभ : दोइची

१६) चेराइज : होप ट्याला

१७) सेभ मी : एर्था फ्रयांकलिन

१८) नोबडी नोज मी : लिली लोभेट

१९) ओजितोस लिन्डोस : ब्यान्ड बनी एन्ड बोम्बा एस्टेरियो

२०) पुल अप :कफी

२१) डान्सिङ इन द डार्क : ब्रुस स्प्रिङन्स्टन

२२) एन्जेलिका : वेट लेग

सम्बन्धित खवर