विज्ञापनमा तस्वीर दुरुपयोग भएपछि केकीको गुनासो : जनतालाई झुक्याउन खोजियो - Crazysaptahik.com

विज्ञापनमा तस्वीर दुरुपयोग भएपछि केकीको गुनासो : जनतालाई झुक्याउन खोजियो

पछिल्लो समय सेलिब्रिटीको तस्वीर दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । अभिनेत्री प्रियंका कार्कीको फोटो क्रिप्टोकरेन्सीको विज्ञापनमा प्रयोग भएपछि प्रहरीको साइबर ब्युरोले उनीसँग सोधपुछ गयो । गत साता आफ्नो तस्वीर लोटरीको ठगीमा प्रयोग भएपछि अभिनेता राजेश हमालले गुनासो गर्दै त्यसो नगर्न आग्रह गरे ।

यतिबेला अभिनेत्री केकी अधिकारी तस्वीर दुरुपयोगको यो हैरानीबाट पीडित भएकी छन् । ‘बेटर मी’ नामक एक ब्रान्डले केकीको तस्वीर प्रयोग गर्दै आफ्नो उत्पादनको प्रचार गरिरहेको छ । ‘दुई महिनामा मेरो तौल ८५ केजीको सट्टा ५५ केजी मात्र कसरी भयो ?’ उक्त उत्पादकले केकीको भेरिफाइड फेसबुक पेजको फोटोसप गर्दै पोस्ट गरेको छ ।

सामाजिक सञ्जालमा यसरी प्रचार गरिएपछि अहिले केकीलाई लगातार फोन आएर हैरान छ । ‘मैले अहिलेसम्म यस्तो विज्ञापनमा काम गरेकी पनि छैन र यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गर्छु,’ केकीले भनिन्, ‘यसविरुद्ध कानुनी उपचारमा पनि जानुपर्ने हुनसक्छ ।

तस्वीर दुरुपयोग गरेर जनतालाई झुक्याउन खोजेको देखियो ।’ पछिल्लो समय प्रहरीको साइबर ब्युरोले प्रविधिसँग सम्बन्धित यस्ता घटनाको सामना गरिरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.