‘चपली हाइट ३’ साउन २० गतेदेखि फेरि प्रदर्शन हुने - Crazysaptahik.com

‘चपली हाइट ३’ साउन २० गतेदेखि फेरि प्रदर्शन हुने

निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ पुनः सिनेमा हलमा प्रदर्शन हुने भएको छ । गत पुस ३० गते रिलिज भएको फिल्म लकडाउनका कारण बीचमै रोकिएको थियो । अब यो फिल्म साउन २० गतेदेखि फेरि प्रदर्शन गरिने निर्माता अर्जुन कुमारले जानकारी दिए ।

कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण धेरै दर्शकले ‘चपली हाइट ३’ हेर्न नपाएकाले पुनः रिलिज गर्न लागेको उनले बताए । फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतको मुख्य भूमिका रहेको छ ।

 

सम्बन्धित खवर