चलचित्र ‘लक्का जवान’को औपचारिक निर्माण घोषणा भएको छ । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । आमा बंगलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई शिवहरि पौडेलले निर्देशन गर्ने भएका छन् ।
ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा बन्ने चलचित्रमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रुपमा रहेका छन् । सुरेन्द्र केसी र दीपेन्द्र खनिया चलचित्रका सह–निर्माता हुन् ।
कमेडी जनरामा निर्माण हुने यो चलचित्रमा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, प्रियंका कार्की, वर्षा सिवाकोटी, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहने बताइएको । भदौ पहिलो साताबाट छायांकनमा जाने भनिएको यो चलचित्रले चैत ७ गतेलाई आफ्नो रिलिज मिति समेत पक्का पनि गरिसकेको छ ।