बिकनीमा मन्दिरा - Crazysaptahik.com

बिकनीमा मन्दिरा

बलिउड अभिनेत्री तथा आरजे मन्दिरा बेदी आफ्नो फिटनेस र ग्ल्यामर लुक्सका कारण सधैं चर्चामा आइरहन्छिन् । मन्दिरा अहिले मालद्वीपमा छुट्टी मनाइरहेकी छन् । मन्दिराले छुट्टीको क्रममा केही हट तस्बिर सोसल मिडियामा सेयर गरेकी छन् । ४७ वर्षको उमेरमा पनि मन्दिरा निकै हट देखिएकी छन् ।

तस्बिरमा मन्दिराले बिकिनी लगाएकी छन् । समुद्र किनारमा उभिएकी मन्दिरा तस्बिरमा आकर्षक देखिएकी छन् । तस्बिरको क्याप्सनमा उनले लेखेकी छन्, ‘म आफ्ना दिनहरू योभन्दा सुन्दर के बनाउन सक्थेँ जहाँ सूर्यको किरण र समुद्र दुवै मेरो साथमा छन् ।’

यसका सथै मन्दिराले पिंक बिकिनी लगाएको तस्बिर पनि सेयर गरेकी छन् । यो तस्बिरको क्याप्सनमा उनले लेखेकी छन्, ‘जब सूर्यको किरणलाई आफ्नो घर बनाइन्छ तब फछाडि फर्केर हेर्नु पर्दैन ।’ मन्दिराले अघिल्लो वर्ष पनि छोरा र पतिसँग मालद्वीपमा छुट्टी मनाएकी थिइन् । मन्दिरा प्रभास र श्रद्धा कपुरसँग फिल्ममा ‘साहो’ मा देखिँदैछिन् ।
–अन्नपूर्णबाट

सम्बन्धित खवर