नफाप्ने संकेत नम्रतालाई ‘जाइरा’ - Crazysaptahik.com

नफाप्ने संकेत नम्रतालाई ‘जाइरा’

अभिनयसँगै नम्रता श्रेष्ठ फिल्म निर्माणमा पनि संलग्न छिन् । यसको सुरुवात गरेकी थिइन्, ‘सोल सिस्टर्स’बाट । हाइहिल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा नम्रताले अभिनयसँगै निर्माणको पनि अभिभारा लिएकी थिइन् । तर, फिल्म नेपालका हलमा एक दिन पनि टिक्न धौ धौ पर्यो ।

‘सोल सिस्टर्स’ले दिएको चोट बिर्सिएर नम्रता पुनः निर्माणमा फर्किएकी छिन् । उनी समेत निर्माता रहेको फिल्म ‘जाइरा’ भदौ ६ मा रिलिज हुँदैछ । तर, यसले पनि नम्रतालाई खुशी दिने लक्षण देखाएको छैन ।

हालसम्म जति पनि प्रचार सामग्री बाहिरिएका छन्, तिनले उत्साहजनक दर्शक पाएका छैनन् भन्दा अत्युक्ति नहोला । नम्रता स्वयंले अभिनय गरेका गीतले मुश्किलले ५ लाख भ्युज पाएको छ । यस्तै यस्तै कारणले नम्रतालाई जाइरा पनि नफाप्ने संकेट देखिएको छ ।

सम्बन्धित खवर