प्रतिष्ठा पुगिन् मिस इङ्ल्याण्डको उत्कृष्ट तीनसम्म - Crazysaptahik.com

प्रतिष्ठा पुगिन् मिस इङ्ल्याण्डको उत्कृष्ट तीनसम्म

नेपाली मूलकी प्रतिष्ठा राउत यही साता भएको मिस इङ्ल्याण्डको फाइनल (सेकेन्ड रनरअप)सम्म पुग्न सफल भइन् ।

सेकेन्ड रनरअपको घोषणा गरेको भिडियो समेत राउतले आफ्नो फेसबुकमा सार्वजनिक गरेकी छन् । यस बाहेक डेलीमेलले समेत उनी मिस इङ्ल्याण्ड–२०१९ को फाइनलिस्ट भएको कुरा पुष्टी गरेको छ ।

हङकङमा जन्मिएकी राउतका बावु बेलायती गोर्खा सैनिक हुन् । बाबुको कामको शिलशिलामा सँगै रहने क्रममा बेलायत पुगेको उनले तयार पारेको एक भिडियोमा जनाएकी छन् ।

विदेशमा पुगेर सौन्दर्य प्रतियोगिताको यतिसम्म उचाइमा पुग्ने प्रतिष्ठा पहिलो नेपाली मूलकी युवती हुन् । २६ वर्षीया प्रतिष्ठा पेशाले ‘इन्टेरियर डिजाइनर’ हुन् ।

बेलायतमा रहँदै आएकी उनले यहाँसम्म आइपुग्नका लागि विभिन्न भिडियो तथा सूचना पोस्ट गर्दै आफूलाई सहयोग गर्न अपिल गर्दै आएकी थिइन् ।
यस पटक मिस इङ्ल्याण्डको ताज भारतीय मूलकी भाषा मुखर्जीले जितेकी हुन् ।

सम्बन्धित खवर