‘के म सनी लियोनीसँग कुरा गर्न सक्छु ?' - Crazysaptahik.com

‘के म सनी लियोनीसँग कुरा गर्न सक्छु ?’

बलिउडको एक फिल्मले लापरवाहीपूर्वक फोन नम्बर सार्वजनिक गरिदिँदा नयाँ दिल्लीका एक जना युवकले हैरानी बेहोर्नुपरेको छ ।

अर्जुन पटियाला फिल्ममा अभिनेत्री सनी लियोनीले कुनै अर्को पात्रलाई आफ्नो फोन नम्बर दिन्छिन्, जुन संयोगवस् दिल्ली निवासी २६ वर्षीय पुनीत अग्रवालको हुन्छ ।

सो फिल्म रिलिज भएपछि पुनीतले हैरानी बेहोर्नुपरेको हो। त्यसयता न उनले राम्ररी काम गर्न पाएका छन्, न त खान र सुत्न नै। एक साताअघि उक्त फिल्म रिलिज भएपछि पुनीतलाई दिनहुँ सयभन्दा धेरै फोन आइरहेको छ। ’राम्ररी सुत्नसमेत पाएको छैन’, उनले भने, ’सनी भन्ठानेर मान्छेहरुले फोन गरेको र्गयै छन्। बिहानको चार चार बजेसम्म लगातार फोन आउँछ ।’

फिल्ममा गरिएको उक्त गल्तीले आफ्नो दैनिकी नै चौपट भएको पुनीतले बताए। उनी अहिले कानुनी कारबाहीमार्फत फिल्मबाट आफ्नो नम्बर हटाउने ध्याउन्नमा छन् । बलिउडका उत्तेजक चलचित्रहरुमा अभिनय गर्दै आएकी सनी पूर्वपोर्नस्टार हुन् । सनीलाई खोज्दै भारतबाटमात्रै नभइ भारतबाहिरबाट पनि फोन आइरहेको पुनीतले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.