गजल - Crazysaptahik.com

गजल

भूमिप्रसाद पाठक
पीडा पाली आफ्नै छाती बालेर के गर्छौ ?
फाटिराख्ने मनलाई टालेर के गर्छौ ?

मेरै माया लाग्छ भने अँगालोमा आऊ
नत्र मेरो इज्जत मात्रै फालेर के गर्छौ ?

चिठी लेख, फोन गर, छिटै भेट बोेल
टाढै बसी मरिहत्ते हालेर के गर्छौ ?

समयले पर्खदैन, फूल फूल्छ झर्छ
दिनसदनै ओइलाउन पालेर के गर्छौ ?

अकबरी सुन हुँ म कसी लाए लाउन
गहना नलाउने भए गालेर के गर्छौ ?

सम्बन्धित खवर